Sajhamanch Archive

पूर्व प्रधानमन्त्री नेपाल र श्रीलंकाली नेताहरुबीच भेट

Published: in राजनीति, राष्ट्रिय समाचार, विश्व समाचार by .

काठमाडौँ । श्रीलंका भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग हिजो भेट गरेका छन् । श्रीलंका कम्युनिस्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन पूर्वप्रधानमन्त्री नेपाल कोलम्बो गएका हुन् ।
बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलंका कम्युनिस्ट पार्टीका अध्यक्ष राजा कोलुरलगायतसँग भेट गराइएको हो ।  भेटका अवसरमा नेपाल र श्रीलंकाबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलंकाबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवहरुका बारेमा चर्चा गरेका नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

भेटका अवसरमा श्रीलंकास्थित नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलको पनि सहभागिता थियो । असार २३ गते कोलम्बो प्रस्थान गरेका वरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *