‘आउ नाचौं सङ्गी हो…’ छायांकन सकियो
Published:
by .काठमाडौं । गतवर्ष सन्देशमूलक तीज गीत पस्किएर राम्रै चर्चा कमाएकी सञ्चारकर्मी गीता अधिकारी आउँदो तीजका लागि छमछम नाँच्न मिल्ने गीत लिएर पुनः आउने भएकी छन् ।
गीता अधिकारीको शब्द रचना, नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको तीज गीत ‘आउ नाचौं सङ्गी हो…’ को म्य्रजिक भिडियो छायाँकन गरिएको छ । योगेश काजीको सङ्गीत रहेको गीतको भिडियोलाई शुक्रबार राजधानीमा छायाँकन गरिएको हो ।
नारायण रिजालको निर्देशनमा गीतको भिडियो बनाइएको छ । जसको छायाँकन वीपेन्द्र भाट ‘विपिन’ले गरेका हुन् । सो भिडियोमा नायिका पुजना प्रधानले कम्मर मर्काएकी छन् भने गायिका तथा नायिका सारिका घिमिरे र गीता अधिकारीलगायत अन्य कलाकारले पनि नृत्य गरेका छन् ।
‘हामीले गतवर्ष सन्देशमूलक तीज गीत स्रोता÷दर्शकमाझ पस्केका थियौं, यसपालीको तीजमा दुःख पीडा भुलेर खुलेर नाचौं भन्ने खालको तीज गीत लिएर आउँदै छु, यसको भिडियो छिट्टै दर्शकमाझ आउँदै छ’, गीताले भनेकी छन् ।
‘एउटा राम्रो तीज गीत पस्किने हाम्रो कोसिस रहेको छ, मैले यसमा खुलेर नृत्य गरेकी छु, हेरौं कस्तो हुन्छ, गीतको भिडियो आएपछि थाह पाइहाल्नुहुन्छ नि’ नायिका पुजनाले भनिन् । ‘गत वर्षभन्दा अलिक फरक खालको गीत लिएर आउँदै छौं’ भन्दै गायिका सारिका घिमिरेले यो तीज गीत छम छम नाच्ने खालको बनाउन लागेको बताइन ।
‘तीजका गीत प्रायः सबै उस्तैउस्तै नै हुन्छन्, हामीले अझ राम्रो बनाउने प्रयास गरेका छौं,’ निर्देशक नारायण रिजालले भने । मेकअप सञ्जु ढकालको रहेको गीतलाई वल्र्ड कभर मिडियाले पोष्ट प्रोडक्सन गर्दैछ ।
Comments