Sajhamanch Archive

सचिवालयको विस्तारित बैठकमार्फत् एनएमसीले माग्यो सुझाव

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमाथि आइतबार आयोजित सचिवालय समितिको विस्तारित बैठकमा छलफल चलाएको छ ।

‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने नारालाई आत्मसाथ गर्दै स्थापनाको २६औं वर्षमा यात्रारत एमएमसीले आफ्नो बहुव्यवसायलाई कसरी उन्नत बनाउने र सदस्यलाई समृद्धिको बाटोमा कसरी अग्रसर गराउनेजस्ता विषयमाथि विस्तारित बैठकमा गहन छलफल चलाएको हो ।

चालू आर्थिक वर्षका लागि सबै कार्यालयहरुले निर्धारण गरेको लक्ष्यलाई के कति पूरा गरे वा गरेनन् र लक्ष्य पछ्याउँदा के कस्ता समस्या एवम् चुनौतीहरुसँग जुध्न पर्यो भन्ने सन्दर्भमा कार्यालय प्रमुखहरु, कार्यालयगत समितिहरु एवम् विभागीय प्रमुखहरुले आफ्ना धारणा राखेका थिए ।

संस्थाका उपाध्यक्ष तथा सचिवालय समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेतीको अध्यक्षतामा आयोजित विस्तारित बैठकमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालको विशेष उपस्थिति रहेको थियो । सो विस्तारित बैठकमा लेखा विभाग प्रमुख नवीन भण्डारीले आव २०७५/०७६ को कारोबार प्रगतिको विवरण प्रस्तुति गरेका थिए ।

यसरी नै लेखा विभाग प्रमुख भण्डारीले आव २०७६/०७७ को बजेट तथा कार्यक्रमको प्रारम्भिक मस्यौदाको प्रस्तुति गर्दै सोमाथि समूह विभाजन गरी छलफल र सुझाव संकलन गरिएको थियो ।

संस्थाको संरचनागत परिवर्तन र सोसँग सम्बन्धित कार्यविधि परिमार्जनबारे संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेती र सञ्चालक ठाकुर सिवाकोटीले जानकारी गराउँदै अन्तरक्रियात्मक छलफल चलाएका थिए । संस्थाका वरिष्ठ प्रबन्धक सूर्यप्रसाद मैनालीले सञ्चालन गरेको विस्तारित बैठकमा सहभागीहरुले उठाएका विषयहरुमाथि अध्यक्ष रामचन्द्र उप्रेतीले प्रकाश पारेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *