देशभर मनसुन सक्रिय हुँदै, जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन मौसमविद्ले आग्रह
Published:
by .काठमाडौं । देशभर मनुसुन सक्रिय हुन थालेको छ । अब देशका धेरैजसो ठाउँमा वर्षा सुरु हुने मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय हुने क्रममा रहेकाले गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ ।
सिमरा, पोखरा, गोरखा, भैरहवा, काठमाडौं लगायत ठाउँमा जमिन भिज्ने गरी पानी परेको मौसमविद्ले बताएका छन् । मौसमवि सुवास रिमालका अनुसार आज देशभर मौसम बदली भएको छ । भोलि पनि मौसम यस्तै रहने अनुमान गरिएको मौसमविद् रिमालले बताउनुभयो ।
यो वर्ष मनुसुन समयमा नै सुरु भए पनि पश्चिमी वायूको प्रभावका कारण सक्रिय हुन समय लागेको थियो । पछिल्लो २४ घण्टामा पोखरामा धेरै वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पोखरामा ६७ दशमलव ५ मिलिमिटर पानी परेको छ ।
यस्तै दीपायल, ओखलढुंगा, ताप्लेजुङ, धनकुटालगायत ठाउँमा पनि पानी परेको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा नदी आसपास र पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेलाई सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
Comments