Sajhamanch Archive

मंसिर पहिलो साता उपनिर्वाचनको सम्भावना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । निर्वाचन आयोगले कात्तिक मसान्त वा मंसिर पहिलो साताभित्रै रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ । संघ, प्रदेश र स्थानीय तहमा गरी देशभर ४७ स्थानमा जनप्रतिनिधि रिक्त रहेको बताएको आयोगले उपनिर्वाचनका लागि आन्तरिक तयारी अघि बढाएको हो ।

निर्वाचन ऐनअनुसार नै पनि निर्वाचन सम्पन्न गर्न आयोगलाई कम्तीमा पनि १ सय २० दिन आवश्यक पर्छ ।

सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समेत उपनिर्वाचनलाई प्राथमिकतामा राखेको छ भने प्रधानमन्त्री केपी ओलीले समेत रिक्त स्थानमा छिट्टै निर्वाचन हुने बताउँदै आएका छन् ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कात्तिक मसान्त वा मंसिर पहिलो सातासम्म रिक्त सबै स्थानमा उपनिर्वाचन गर्ने गरी आयोगले तयारी अघि बढाएको बताए ।

राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *