कर्णाली साकोसमा शक्ति पृथकीकरणको सिद्धान्त
Published:
by .झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले चालू आर्थिक वर्षका लागि जिल्लाका १७ वटै सेवा केन्द्रमा व्यवस्थापन उपसमिति गठन गरी आजदेखि कार्यभार दिएको छ ।
आज बिर्तामोडमा आयोजित व्यवस्थापन उपसमितिका संयोजक तथा सदस्यहरुको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममार्फत् सेवा केन्द्र सञ्चालनको कार्यादेशसहित मनोनयन पत्र प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष टिएस प्रधानले नवगठित व्यवस्थापन उपसमितिका संयोजक र सदस्यहरुलाई सपथग्रहण गराएका हुन् । संस्थाले शक्ति पृथकीकरणको अभ्यासस्वरुप गत असार २२ गते सञ्चालक समितिको बैठकबाट सेवा केन्द्र व्यवस्थापन उपसमिति गठन गरेको उनको भनाई छ ।
कर्णाली साकोसका १७ वटा सेवा केन्द्रहरु छन् । दमक सेवा केन्द्रमा ५ जनाको व्यवस्थापन उपसमिति छ भने बाँकी १६ वटामा ३ जनाका दरले व्यवस्थापन उपसमिति बनाइएको छ ।
संस्था सञ्चालक समितिका सचिव भूपाल बस्नेतले कार्यक्रम सञ्चालनको क्रममा बताएअनुसार असार मसान्तसम्म कर्णालीमा २८ हजार ५०० शेयर सदस्य रहेका छन् । जिल्लाभर छरिएर रहेका सबै शेयर सदस्यमाझ ९ जना सञ्चालकहरुले जति समय दिए पनि पर्याप्त नहुने भएकाले सेवा केन्द्र व्यवस्थापन उपसमितिको अवधारणा अघि सारिएको हो ।
सपथग्रहण पछि सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजकहरुले प्रतिवद्धता मन्तब्य राखेका थिए ।
Comments