Sajhamanch Archive

प्रदेशहरुको खर्च ५४ प्रतिशत मात्रै

Published: in अर्थतन्त्र, प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । देश सरकारले दुई पटक बजेट ल्याइसके । पहिलो पटक बजेट निर्माण र कार्यान्वयन अभ्यास गरेका उनीहरुले गत वर्ष बजेट खासै खर्चिन सकेनन् । सातै प्रदेशको औषत बजेट खर्च करिब ५४ प्रतिशत मात्रै छ ।

प्रदेश ५ ले सबैभन्दा बढी अर्थात् विनियोजन गरेकोमध्ये ६१ प्रतिशत बजेट खर्च गरेको छ । कर्णाली प्रदेशले सबैभन्दा कम आर्थात् विनियोजित बजेटको करिब ३५ प्रतिशत मात्रै खर्च गरेको छ ।

खर्च भएमध्ये विकासतर्फको पुँजीगत खर्च झन् कम छ । विनियोजित पुँजीगत खर्चको करिब ६० प्रतिशत हाराहारीमै खर्च भएको छ । पुँजीगत खर्च सबैभन्दा कम गर्नेमा कर्णाली प्रदेश छ ।

कर्णालीले गत वर्ष २१ अर्ब २४ करोड ४३ लाख रुपैयाँ पुँजीगत खर्च छुट्याएको थियो । यसको करिब २५ प्रतिशत अर्थात् ५ अर्ब ३० करोड ९७ लाख रुपैयाँ मात्रै खर्च भयो । कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *