Sajhamanch Archive

बिर्तामोडका फेशन डिजाइनर विवेश उत्कृष्ट पाँचमा

Published: in टिप्स/जानकारी, लोकप्रिय, समाज by .

झापा । विर्तामोडमा फेसन डिजाइनिङ गर्दै आएका एक युवाले राष्ट्रिय प्रतियोगिताको उत्कृष्ट पाँचमा आफूलाई उभ्याएका छन् । नेपाल इन्टरनेशनलले आयोजना गरेको फेशन एण्ड मोडेल अवार्डमा इमरीजंग फेशन डिजाइनका रुपमा विवेश राई टप फाइपमा छनौट भएका हुन्।

आगामी साउन २३ गते काठमाडौंमा आयोजना गरिने अवार्डको मनोनितमा पर्न सफल राईले भारतमा गएर फेशन डिजाइनिङ विषय गरेर अहिले विर्तामोडमा रहेको हनुमान सेन्टरमा विवेश क्रियशन नामक बुटिक सञ्चालन गर्दै आएका छन् ।

विवेशले विभिन्न कार्यक्रममा फेशन शो र प्रदेश १ मा हुने विभिन्न सुन्दरी प्रतियोगितामा फेशन डिजाइनरका रुपमा निणांयकको भूमिका पनि निर्वाहा गर्ने गरेका छन् ।

भारतमा भएको विभिन्न प्रतियोगितामा उत्कृष्ट फेशन डिजाइनरको अवार्डसमेत पाएको राईले बताएका छन् । उनले डिजाइन गरेका पहिरनहरु नेपालका ख्यातीप्राप्त कलाकार वर्षा शिवाकोटी, प्रमिता आरएल साह, एलिसा राई र अशिस्मा नकर्मीलगायतले लगाएका छन् ।

विवेश राईलाई नेपालकै उत्कृष्ट फेसन डिजाइनरका रुपमा देख्नका लागि भोट गर्नु पर्नेछ । जसका लागि PN टाइप गरेर 18A लेखेर 33001 मा पठाई दिन उनको अनुरोध छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *