Sajhamanch Archive

सामाजिक सुरक्षा भत्ताको बेरुजु ९ अर्ब

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं ।  सामाजिक सुरक्षा भत्ता राज्यले वृद्ध अपांग र एकल महिलाको जीविकोपार्जनमा सहयोग गर्न बाँड्ने रकम भए पनि अरुले लाभ लिने गरेको पाइएको छ ।

तत्कालीन गाविस सचिवले भत्ताबापतको रकम निकासा लिए पनि वितरण गरेको प्रमाण पेस नगर्दा बेरुजु देखिएको छ ।भत्ता रकम पेस्की लिने र वितरण गरेको कागजात सम्बन्धित जिसस, गाउँपालिकाले पेस नगर्दा ठूलो रकम बेरुजु देखिएको छ ।

१५ वर्षयता भत्ताको ९ अर्ब पेस्की फस्र्योट हुन बाँकी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लेखा अधिकृत उमेश्वर काफ्लेले सम्बन्धित गाविस सचिवले कागजात पेस नगरेको बताए ।

अन्नपूर्ण पोस्ट् दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *