Sajhamanch Archive

काठमाडौँ महानगरपालिकाद्वारा सम्पत्ति करमा छुट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । काठमाडौँ महानगरपालिकाले करको दायरा बढाउने उद्देश्यका साथ असोज मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिएको छ ।महानगरले बक्यौता रकम हुने करदातालाई समेत जरिवाना छुट दिएको छ ।

सम्पत्ति कर वर्षमा एकपटक मात्र तिर्नुपर्छ । आर्थिक वर्षको सुरुवातमै कर नतिर्ने परिपाटी हुँदा सेवाग्राहीलाई आकर्षित गर्न सम्पत्ति करमा छुट दिएको राजस्व विभागका नुरनिधि न्यौपानेले बताए ।

‘वर्षको अन्तिममा मात्र कर तिर्ने बानी छ हाम्रो,’ उनले भने, ‘त्यसैले समयमै कर तिराउनका लागि कर तथा विभिन्न शीर्षकमा छुट दिएको हो ।’

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *