बाल बचतकर्तालाई एनएमसीको सम्मान
Published: (Updated: )
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)–ले आफ्ना बाल बचतकर्तालाई सम्मान गर्ने क्रममा अर्जुनधारा ११ स्थित सिंहवाहिनी प्राविमा कक्षा २ मा अध्ययनरत छात्र इसुफ ढकाललाई उत्कृष्ट अंक ल्याए बापत नगदसहित पुरस्कृत गरेको छ ।
बुधबार एनएमसी सञ्चालक समितिका सदस्य डम्बरबहादुर बस्नेत, बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्य, बिर्तामोड कार्यालयका प्रमुख कमलप्रसाद कट्टेल, अपरेसन इन्चार्ज हरिमाया ओझालगायतले विद्यालयमै पुगेर ढकाललाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
ढकाल कक्षा १ बाट विद्यालय मै उत्कृष्ट अंक हासिल गर्दै कक्षा २ मा प्रवेश गरेका हुन् ।
Comments