Sajhamanch Archive

कामै नगरी सवा दुई करोड झ्वाम

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४र७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो ।

यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ ।

अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालयका प्रधानाध्यापकलाई पनि जानकारी भएन । महालेखाको प्रतिवेदनमा बाउन्ड्री वाल शीर्षकमा बजेट खर्च भएको विवरण देखेपछि मा आफूलाइृ थाहा भएको प्रधानध्यापक सुकदेव गुप्ताको भनाइ छ ।

उनी भन्छन्, ‘वाल लगाउने काम स्थानीय तहबाट भएको छैन, हो एउटा उपभोक्ता समिति आएर केही माटो खन्याउने काम विद्यालयमा पक्कै पनि भएको हो, यद्यपि विद्यालय प्रशासनसँग खासै समन्वय गरिएको थिएन ।

नागरिक दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *