Sajhamanch Archive

साना व्यवसायीलाई पूर्णिामाले गरायो स्वरोजगार अभिमुखीकरण

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । यहाँस्थित पूर्णिमा कृषि सहकारी संस्थाले यस वर्षदेखि युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबाट न्यून ब्याजदरमा लगानी गर्ने रकम प्राप्त गरेको छ ।

संस्थाले कोषसँगको सम्झौता अनुसार चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको हो । पहिलो किस्ता वापतको २५ लाख रुपैयाँ प्राप्त गरेको संस्थाले साउन २० गते कर्जा सदुपयोगिताका बारेमा आवेदकहरुलाई अभिमुखीकरण पनि गरेको छ ।

कोषबाट प्राप्त रकमबाट न्यूनतम ३० हजारदेखि अधिकतम् दुई लाख रुपैयाँसम्म प्रदान गर्ने गरी १७ जना आवेदकलाई अभिमुखीकरण गरिएको अध्यक्ष छविलाल विश्वकर्माले जानकारी दिए ।

संस्थाको सभाहलमा आयोजित अभिमुखीकरण कार्यक्रममा स्वरोजगार कोष झापाका सदस्य सचिव सन्तोष सापकोटाले न्यून ब्याजदरमा सहुलियत ऋण प्रदान गर्र्नुको उद्देश्य र विशेषताहरु कर्जा आवेदकलाई सुझाएका थिए ।

सो अवसरमा सापकोटाले स्वरोजगार कोषले अघि सारेको कार्यक्रमको सान्दर्भिकता, उपादेयता एवम् प्राप्त परिणामहरु बारे सविस्तार ब्याख्या गरेका थिए ।

संस्थाका अध्यक्ष विश्वकर्माको अध्यक्षतामा आयोजित अभिमुखीकरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कूलप्रसाद संग्रौला प्रमुख अतिथि थिए । उनले स्वरोजगार कोष एवम् सिंगो सहकारीबाट कर्जा लिनेहरुले आफ्नो इज्जतलाई ख्याल गरेर कर्जा लिन र भाकाभित्रै तिरिसक्न सुझाब दिए । कोषले साना व्यवसायीलाई इमान्दार बनाउन न्यून ब्याजदरमा लगानी गरिरहेको अध्यक्ष संग्रौलाले बताए ।

संस्थाका सञ्चालक बिरु दर्नालले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र पत्रकार गोपाल काफ्लेलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *