बुद्धशान्तिका डकर्मीलाई तालिम
Published: (Updated: )
by .बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिमा बुधबारदेखि ७ दिने डकर्मी तालिम शुरु भएको छ ।
भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका डकर्मीहरुको दक्षता अभिवृद्धि गर्नका लागि तालिम शुरु गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले सात दिने डकर्मी तालिमबाट गाउँपालिकाका डकर्मीहरु प्राविधिक रुपमा दक्ष हुने विश्वास व्यक्त गरिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज राउत तथा गाउँपालिकाका इन्जिनियर विक्रम दाहालले भूकम्प प्रतिरोधात्मक भवन निर्माण नै आजको प्रमुख आवश्यकता भएको बताए ।
तालिमका मुख्य प्रशिक्षक इन्जिनियर अर्जुन घिमिरेले तालिमको उद्देश्य र प्रभावकारिता बारे जानकारी गराए ।
बुद्धशान्ति गाउँपालिकाको आयोजना तथा डाउन हिल कन्स्ट्रक्सन एण्ड डिजाइनर्स प्रालिको संयोजनमा शुरु भएको तालिममा विभिन्न वडाका ३७ जना डकर्मीहरुको सहभागिता रहेको छ ।
डाउन हिल कन्स्ट्रक्सन एण्ड डिजाइनर्स प्रालिका इन्जिनियर अर्जुन घिमिरे तथा सवइन्जिनियर विपिन रेग्मी र बद्रीप्रसाद गौतमले तालिमको सहजीकरण गर्नेछन् ।
Comments