Sajhamanch Archive

एनएमसीमा क्षेत्रीयस्तरका बैठक धमाधम

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले कार्यालयगत समिति र इकाई समितिका क्षेत्रीयस्तरका विस्तारित बैठक शुक्रबारदेखि सुरु गरेको छ ।

एनएमसीका ३८ वटा कार्यालयगत र १७४ वटा इकाई समितिहरु छन् । ती सबै विकेन्द्रित समितिमा यही साउन महिनादेखि संयोजक र सदस्यहरुमा नयाँ जिम्मेवारी तोकिएको छ ।

एनएमसीमा सदस्य रहेर पनि एकापसमा परिचय नभएको अवस्था तथा संस्थाका विभिन्न नीति, विधि र नियमहरुका बारेमा पुनर्ताजगी गराउन सबै क्षेत्रीय कार्यालयहरुमा पुनर्ताजगी बैठक सुरु गरिएको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताएका छन् ।

शुक्रबार केरखाबाट सुरु गरिएको कार्यक्रम शनिबार बिर्तामोड र अर्जुनधारामा पनि सञ्चालन गरिएको छ । बिर्तामोड कार्यालयगत समितिका संयोजक शान्ता रोक्काको अध्यक्षतामा बिर्तामोडमा आयोजित विस्तारित बैठकमा संस्थाका अध्यक्ष उप्रेतीले चालू आर्थिक वर्षदेखि संस्थामा भएको संरचनागत परिवर्तनबारे अवगत गराएका थिए ।

अध्यक्ष उप्रेतीले संस्थामा सञ्चालक समिति मातहत चार तहका समिति उपसमितिहरु सिर्जना गरिएको तथा ती सबैको काम कारवाहीबारे लेखा सुपरीवेक्षण समितिले मसिनो गरी निगरानी गरिरहेको अवगत गराए । उनले इकाई समितिहरु गठनको उद्देश्य प्रकाश पार्दै संस्थाका शेयर सदस्यहरुले विभिन्न तहमा रहेर सहकारी अभियानलाई उचाई थप्न प्रयास हुनेछ भन्ने आशयले एनएमसीले यस्तो अभ्यास गरिरहेको बताए ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालाले एनएमसी डेरी, यसका उत्पादन, बजार एवम् किसानले उत्पादन गरेको दूध एनएमसी डेरीले किनिदिने सुनिश्चितताका बारेमा सहजीकरण गरेका छन् ।

        

 

बिर्तामोड कार्यालका प्रमुख पारसचन्द्र भट्टराईले सञ्चालन गरेको विस्तारित बैठकमा उनले बिर्तामोड क्षेत्रीय कार्यालय अन्तरगतका कार्यालयको वित्तीय झलकहरु प्रस्तुत गरेका थिए । सो अवसरमा संस्थाका सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतले सिकाईका आयामहरुबारे चर्चा गरे ।

शनिबार नै शनिश्चरे कार्यालयमा पनि अर्जुनधारा क्षेत्रीय समिति मातहतका कार्यालयका इकाई समितिका संयोजक र सदस्यहरुलाई बिर्तामोडकै शैलीबाट विस्तारित बैठक सञ्चालन गरिएको छ । जिल्लाका सबै क्षेत्रीय कार्यालय अन्तरगतका इकाई बैठकहरु साताभर निरन्तर सञ्चालन हुने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *