Sajhamanch Archive

विस्फोटक पदार्थको उत्पादन दोब्बर बनाउँदै सेना, २ करोड थप लगानी गर्ने

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली सेनाले विकास निर्माणका काममा प्रयोग हुने विस्फोटक पदार्थ (इमल्सन प्लान्ट)को उत्पादन क्षमता दोब्बर बनाउने तयारी गरेको छ । सेनाले विस्फोटक पदार्थको माग बढ्दै गएपछि वार्षिक ३ हजार ६ सय मेट्रिक टनबाट उत्पादन क्षमता ७ हजार २ सय पु¥याउन तयारी थालेको हो ।

हाल सेनाले मकवानपुरको सुनाचरीमा रहेको इमल्सन प्लान्टमार्फत वार्षिक ३ हजार ६ सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ ।

अघिल्लो वर्षसम्मको यसै अवधिसम्म भने सो प्लान्टबाट वार्षिक १ हजार २ सय मेट्रिक टन मात्रै विस्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो । सेनाले एक वर्ष्भित्रै १ हजार २ सयबाट २ हजार ४ सय मेट्रिक टन हुँदै उत्पादन क्षमता ३ हजार ६ सय मेट्रिक टन पु¥याएको थियो ।

विकास निर्माणका काममा सेना आफैं संलग्न हुन थालेपछि र विभिन्न कन्सट्रक्सन कम्पनीमार्फत माग बढ्न थालेपछि सेनाले विस्फोटक पदार्थको उत्पादन बढाएर उत्पादनलाई व्यावसायिक बनाउने तयारी अघि बढाएको हो ।

हाल सेनाले नेपाली सेनाको कल्याणकारी कोषमार्फत विस्फोटक पदार्थ उत्पादन गर्ने प्लान्टमा ३० करोड रुपैयाँ लगानी गरिरहेको छ । सेनाले थप २ करोड लगानी बढाएर उत्पादनलाई दुई सिफ्टमार्फत दोब्बर बनाउने लक्ष्य लिएको हो ।

राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *