रौतहटमा प्रहरी इन्काउन्टर, हतियार कारोबारी मारिए
Published: (Updated: )
by .रौतहट । रौतहतमा प्रहरी र भारतीय हतियार कारोबारीको समूहबीच इन्काउन्टरमा हुँदा एक जनाको मृत्यु भएको छ ।
हतियारको कारोबार हुन लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको टोली र ३ जनाको संख्यामा मोटरसाइकलमा रहेका हतियार कारोबारी समूहबीच राजदेवी नगरपालिकाको मुडउल्वा टोलको उत्तरपट्टी बाग्मती नदीको तटबन्धनमा मुठभेड भएको थियो ।
घटनामा मृत्यु भएका व्यक्तिको सनाखत भएको छैन । खुट्टा र पिठ्युमा गोली लागेर उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।
उनीसँगै रहेको अन्य दुई व्यक्ति भने प्रहरीलाई फायरिङ गर्दै भागेको जनाइएको छ ।
घटनामा प्रहरीतर्फबाट ३१ राउण्ड फायर भएको थियो भने हतियार कारोबारीले १२ राउण्ड गोली चलाएका थिए ।
उनीहरुको साथबाट प्रहरीले एसएमजी बन्दुक र त्यसमा लाग्ने म्याग्जिन बरामद गरेको छ ।
रौतहटका डीएसपी रामकुमार दानीले थप अनुसन्धान भइरहेको बताए ।
– अनलाइनखबर
Comments