करोडभन्दा बढीको नक्कली ग्यारेन्टीपत्र, फन्दामा मन्त्री
Published:
by .कर्णाली । प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्री नक्कली बैंक ज्ञारेन्टी बनाएको अभियोगमा परेका छन् ।
ठेकेदार समेत रहेका खत्रीले १ करोड १० लाख भन्दा बढीको नक्कली ग्यारेन्टीपत्र बनाएको भेटिएको हो ।
उच्च अदालत पाटनले उनलाई तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
खत्रीलगायत ५ जनामाथि बैंकिङ कसुरको अभियोगमा विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
अरुलाई पक्राउ गरिएपनि मन्त्रीको हकमा केही नगरिएको भन्दै उच्च अदालतले उनलाई त्त्काल झिकाउन आदेश दिएको छ ।
कान्तिपुर दैनिकबाट ।
Comments