Sajhamanch Archive

नेपाल–भारत संयुक्त बैठक बुधबारबाट, जयशङ्कर नेपाल आउँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने भएको छ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशङ्कर बुधबार नै नेपाल आउँदै छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा विदेशमन्त्री नियुक्त भएपछि जयशङ्कर पहिलो पटक नेपाल आउन लागेका हुन् ।

भदौ ४ देखि दुई दिनसम्म चल्ने बैठकमा विशेष गरी पाँचवटा एजेन्डामा गहन छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशङ्करले संयुक्त अध्यक्षता गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपाल–भारत संयुक्त बैठकले द्विपक्षीय सम्बन्धको समग्र पुनरवलोकन गर्ने छ ।

नेपाल–भारत संयुक्त आयोगको स्थापना सन् १९८७ मा भएको थियो । यसअघि आयोगको चौथो बैठक सन् २०१६ मा भारतको दिल्लीमा भएको थियो । गोरखापत्र दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *