Sajhamanch Archive

कचनकवलमा एक माद्यमिक विद्यालय एक संकायको नीति खारेजी

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

कचनकवल । झापाको कचनकवल गाउँपालिका शिक्षा समितिले अघि सारेको एक माद्यमिक विद्यालय एक संकायको नीति खारेजीको माग राखेर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको माग पूरा भएको छ ।

गाउँपालिकाका अध्यक्ष अन्जार आलमको अध्यक्षतामा आन्दोलनरत संयुक्त विद्यार्थी संगठन र प्रधानाध्यापकसहित आज भदौ २ गते बसेको बैठकले एक माद्यमिक विद्यालय एक संकायको नीति अवलम्बन नगर्ने निर्णय गरेको हो ।

गाँउपालिकाले निर्धारण गरेको शिक्षा नीति गलत भएको भन्दै केही समय अघिदेखि तीन विद्यार्थी संगठनले संयुक्त मोर्चा बनाएर आन्दोलन गरिरहेका थिए । आन्दोलनका क्रममा विद्यार्थी संगठनले गाउपालिका भित्रअन्तरगत कक्षा ११ र १२ पढाई हुने विद्यालयका लेखा शाखामा तालाबन्दी गर्नुका साथै ज्ञापनपत्र बुझाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *