दैनिक २०० ले बिएण्डसीमा स्वास्थ्य बीमा अन्तरगत उपचार लिँदै
Published:
by .बिर्तामोड । यहाँस्थित बिएण्डसी अस्पतालमा भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तरगतको स्वास्थ्य उपचार सेवा सुरु गरिएको छ ।
विगतमा इलामका बिरामीले मात्र यस्तो सेवा पाउने गरेकोमा यो पटक झापाबासीले पनि बीमा कार्यक्रम अन्तरगतको स्वास्थ्य उपचार सेवा लिन पाएका छन् ।
बीमा कार्यक्रम अन्तरगतको स्वास्थ्य उपचार सेवा सञ्चालन गरिएको दिनदेखि आजसम्म ६०० जनाभन्दा बढीले निशुल्क उपचार सेवा र औषधी लगिसकेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार दैनिक २०० हाराहारी बिरामीको उपचार स्वास्थ्य बीमा कार्यक्रम भइरहेको छ । बीमा कार्यक्रम लागू भएका सबै स्थानबाट रिफरल भई आएका बिरामीको बिएण्डसीमा उपचार हुन थालेको जनसम्पर्क अधिकारी गिरीको भनाई छ ।
Comments