विराट–अर्जुन उपभोक्ता सहकारी संस्था लि. बिर्तामोड ४ झापा
Published: (Updated: )
by .प्रतिनिधि छनौट प्रक्रियामा सहभागी हुन सेयर सदस्यहरुलाई जरुरी सूचना
आदरणीय सेयर सदस्यज्यूहरु,
सहकारी मापदण्ड २०६८ मा ब्यवस्था भए बमोजिम यस संस्थाको विनियम २०६६ को परिच्छेद ५ दफा २२ को उपदफा ४ को ४ः१ अन्तर्गत आठौ वार्षिक साधारणसभाबाट पारित निर्णय बमोजिम आगामी भदौ २१ गते शनिबार हुने १०औं वार्षिक साधारणसभामा सहभागी हुनको निम्ति प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले निम्न मिति, स्थान र समयमा उपस्थितिका लागि पत्र पठाइसकिएको छ । कारणबस पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानेर उपस्थित भई साधारणसभाको प्रतिनिधि छनोट प्रक्रियामा सामेल हुनको निम्ति अनुरोध गरिन्छ ।
मितिः २०७६ भदौ ९ र १० गते
स्थानः आदर्श ब्याङ्क्वेट
समयः बिहानको ठीक १०ः३० बजे
नवराज खरेल (नविन)
अध्यक्ष
Comments