Sajhamanch Archive

बेइजिङको नयाँ विमानस्थलमा नेपाल पनि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं । चीनको राजधानी बेइजिङमा भर्खरै तयार भएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने विमानमध्येमा नेपाल पनि रहेको छ ।

तासिङ विमानस्थलले सार्वजनिक गरेको पछिल्लो सूचीमा तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्समा नेपालको हिमालयन एयरलाइन्ससहित केन्या र बरुनाइका विमान रहेको उल्लेख छ ।

यसअघि चिनियाँ सञ्चारमाध्यमले काठमाडौँ–बेइजिङ उडान भर्ने नेपाली एयरलाइन्सको नाम खुलाएका थिएनन् । तर, छीनार, सी–ट्रिपलगायत चिनियाँ ट्राभल एजेन्सीले हिमालयन एयरलाइन्सको नाममा अनलाइनमार्फत टिकट बिक्री प्रक्रिया थालिसकेको छ । कान्तिपुर दैनिकबाट।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *