Sajhamanch Archive

चिनियाँ चासो बढ्दैः लुम्बिनीका कारण नजिकिँदै चीन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

रुपन्देही । प्रदेश ५ मा चीन सरकारको चासो बढ्दै गएको छ । यहाँको आर्थिक, पर्यटकीय तथा सांस्कृतिक विकासमा सहकार्य गर्न चीन आतुर देखिएको हो ।

महामानव गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र भएकाले पनि चिनियाँ चासो यो प्रदेशमा बढि देखिएको जानकारहरु बताउँछन् ।

प्रदेश सरकार, स्थानीय सरकारले चीनका विभिन्न प्रान्तीय सरकार तथा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने क्रम तीव्र बनेको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गत असार १६ गतेदेखि २५ गतेसम्म चीनका विभिन्न प्रान्तको भ्रमण गरे । सोही सिलसिलामा प्रदेश ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको छ । नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *