Sajhamanch Archive

फोहोरबाट निस्केको धुवाँका कारण बजारबासी हैरान

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य, by .

कमल । फोहोर व्यास्थापन गर्ने भन्दै बजारबाट निस्किएको फोहोर जम्मा गरेर आगो लगाउदा त्यसबाट  निस्किएको धुवाँका कारण स्थानिय बासी तथा सडकमा हिड्ने यात्रु समेत हैरान भएका छन् ।

झापाको कमल गाउँपालिकाको प्रवेश द्वारा केर्खा बजारबाट निस्किएको फोहोर व्यवस्थापन गर्ने भन्दै राजमार्ग उत्तर रतुवामाई वृक्षारोपण आयोजनामा लगेर आगा लगाउँदा धुवाको मुस्लोले सासै फेर्न गाह्रो परेको स्थानिय बताउँछन् ।

बजारबाट निस्किएको फोहोर व्यवस्थापनका लागी कमल गाउँपालिकाले ट्याक्टरको समेत व्यवस्था गरेको छ । तर फोहोर जम्मा गरेर बजार नजिकै राजमार्ग उत्तर लगेर आगोलगाउँदा निस्किएको धुवाले सासै फेर्न गाह्रो परेको स्थानिय मोहन श्रेष्ठ बताउँछन् ।

धुवाका कारण बजार बासीको स्वस्थ्यमा ठुलो असर पुगेको देखिन्छ । सम्बन्धित निकायको वेवास्ताका कारण पछिल्लो समय बजारमा बसिसक्नु छैन । अर्कोतर्फ धुवाका कारण सडक दुर्घटना हुने सम्भावना समेत बढेको श्रेष्ठ बताउँछन् ।

कागज, प्लाष्टिक, कुखुराका भुत्ला लगायतका बजारमा जम्मा भएको फोहोर बजार उत्तरपटिको जंगलमा जलाउने गरिएको छ । त्यसबाट आउने धुवाले बजार भर्न आउने ग्राहाकलाई समेत सकेस परेको छ । केहिदिन अगाडि पसलमा बस्न नसकेर साथीहरुरु मिलेर बाल्टिमा पानी ओसारेर आगो निभाए पनि भोलिपल्टबाट उस्तै समस्या भएको व्यवसायी विपन निरौलाले बताए ।

जुनसुकै तरिकाबाट निस्केको धुँवाले मानव स्वस्थ्यमा धेरै असर पुर्याउछ । झन फोहोरबाट निस्केको धुँवाले तत्कालका लागी आँखा पोल्ले, नाक पोल्ने , सासफेर्न समस्या हुने, छाला चिलाउने जस्ता समस्या हुन्छ भने प्लाष्टिक तथा केमिकलबाट निस्केको धुँवाले यान्सर समेत हुने कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र बताउँछन् ।

त्यसैगरी केर्खा बजारको पूर्व बस स्टेण्डको छेउमा फालिएको कुखुराका भुत्ला लगायत अन्य फोहोरबाट निस्किेको दुर्गन्धका कारण पैदलायात्री समेत हैरान हुने गरेको व्यवसायी बताउँछन् ।

बजारबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न हामी लागिपरेका छौ । सबैले आफ्नो घर पसलबाट निस्केको फोहोरलाई व्यवस्थापन गर्ने हो भने सहज रुपमा व्यवस्थापन गर्न सकिने केर्खा बजार व्यवास्थाप समितिका सचिव विरेन्द्र अधिकारीले बताए । तर सबैले यो काम बजार समिति मात्र जिम्मेवारी हो भन्ने बुझाईका कारणले यस्तो समस्या आएको उनको भनाई छ ।

बजारबाट निस्कने फोहोरलाई उपयुक्त ठाउँ खोजेर व्यवस्थापन गर्न आवश्यक छ । सड्ने र नसड्ने फोहोरलाई अलग अलग छुट्याएर व्यवस्थापन गर्नु पर्ने हुन्छ । कतिपय ठाउमा फोहोरबाट मोहोर समेत बनाउन थालिसकेका छन् । यस्तो अवस्थामा सम्बन्धित निकायले यस प्रति ध्यान दिन आवश्यक देखिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *