Sajhamanch Archive

सामाजिक अभियान्ता खतिवडा मोडलिङ्गमा

Published: (Updated: ) in विविधा by .

बुधबारे । कहिले फोहोर टिपेर त कहिले रचनात्मक काम गरेर आफुलाई परिचय बनाएका अभिशेख खतिवडा पछिल्लो समय मोडलिङका रुपमा मिडियामा देखिएका छन् ।

झापा हल्दिबारीमा दिन दुःखीलाई सहयोग त कहिले बालबालिकाहरुका लागि आवाज उठाएर हिड्ने एक सामाजिक अभियान्ताका अबिशेक खतिवडा म्यूजिक भिडियोमा देखिएका हुन् । सानै उमेर देखि नै सामाजिक जीवन रोजेका खतिवडा बाल अभियान्ता, सरसफाइ अभियान्ता, सामाजिक अभियान्ता हुँदै उनको यात्रा अहिले मोडलिङ्सम्म पुगेको हो ।

हल्दिबारी गाउँपालिका निवासी खतिवडा एक विद्यार्थी भए पनि धेरै जुझारु छन् । भिडियोमा हिरोको रोल मार्फत आफ्नो स्थानीय ठाउँहरुको परिचय दिन कोसिस गरेका खतिवडा बताउँछन् । जितेन्द्र राई गायनमा रहेको म्यूजिक भिडियोलाई सञ्जय लिम्बूले निर्देशन गरेको हुन् । जसमा स्थानीय अभिशेख खतिवडा, प्रनिशा क्षेत्री र स्मृति खतिवडाले अभिनय गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *