Sajhamanch Archive

‘प्लाज्माफेरेसिस’ गर्दै प्रधानमन्त्री ओली

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा बढी मात्रामा उत्पादन भएको ‘मिर्गौला सम्बन्धी एन्टिबडी’ को उपचारका लागि सुरु गरिएको ‘प्लाज्माफेरेसिस’ प्रक्रिया अर्को सातामात्र पूरा हुने चिकित्सकले जनाएका छन् ।

प्रधानमन्त्रीको शरीरमा विशेष प्रकारको एन्टिबडी बढेपछि त्यसबाट मिर्गौलालाई हुने हानी रोकथाम गर्नका लागि ७ पटकसम्म प्लाज्माफेरेसिस गर्नुपरेकाले उपचार अवधि लम्बिएको जनाइएको छ । हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललले ट्वीट गरेर उपचार अर्को साता पूरा हुने जानकारी दिएका हुन्। प्रधानमन्त्रीको नेशनल युनिभर्सिटी अस्पताल, सिंगापुरमा हरेक दिन बिराएर ‘प्लाज्माफेरेसिस’ भइरहेको छ।

प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह बुधबार स्वदेश फर्किएकी छिन् । स्रोतको अनुसार उनी फेरि केही दिनपछि सिंगापुर जानेछिन् र प्रधानमन्त्रीसँगै फर्किने तय भएको छ।

प्रधानमन्त्री गत भाद्र ५ गते ‘प्लाज्माफेरेसिस’ गराउन दोस्रो पटक सिंगापुर गएका थिए। यसअघि साउन १८ देखि साउन २७ गतेसम्म नेशनल युनिभर्सिटी अस्पतालमै प्रधानमन्त्रीको विभिन्न परीक्षणसँगै विभिन्न औषधिसमेत चलाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *