Sajhamanch Archive

फोहोर बाट निस्किएको दुर्गन्धका कारण स्थानिय हैरान

Published: in मुख्य समाचार, समाज by .

कमल । बजार बाट निस्किएको फोहोर व्यास्थापन गर्ने भन्दै बजार नजिकै फाले पछि त्याँहा बाट निस्किएको दुर्गन्धका कारण केर्खा बजारवसि हैरान भएका छन् ।
झापाको कमल गाउँपलिकाको केर्खाबजार बाट निस्किएको फोहोर बजार उत्तर रहेको रतुवामाई वृक्षारोपण आयोजनाको हाता भित्र फालेका कारण त्याहाँ बाट निस्किएको दुर्गन्ध र धुवाँका कारण बजारवसि लाई समस्याहुने गरेको स्थनिय मुत्तिनाथ काफ्ले बताउछन् ।
उनका अनुसार फोहोरको डगुरबाट निस्किको दुर्गन्धर र धुवाका कारण बजारवासि हैरान भएका छन् ।
बजारवाट निस्किएको फोहर व्यवस्थापन गर्ने भन्दै बजार नजिकै फालेपछि त्यँहा बाट निस्किएको दुर्गन्धका कारण व्यवसायीलाई समस्या हुनेगरेको छ ।
फोहोर लाई केर्खा बजार व्यवस्थापन समिती र कमल गाउँपालिका मिलेर तुरुन्तै व्यवस्थापन गर्नुपर्ने अर्का व्यवसायी चन्द्र फागो बताउछन् ।
बजारबाट निस्किएको फोहोर राम्रो संग व्यवस्थापन गर्न नसक्दा वातावरणमा असरपुगेको रतुवामाई वृक्षारोपण आयोजनाका प्रमुख खेमलाल विश्वकर्मा बताउछन् ।

वहाँका अनुसार बजार उत्तर रहेको आयोजनाको क्षेत्रमा पार्क बनाउने केर्खा बजार व्यवस्थपन समिती र कमल गाउँपालिका संग सहमति भएपनि पछिल्लो पार्ककै छेउमा फोहोर फालेकोले सहमति उलङ्घन भयो भने केर्खाबजार बासिलाई फेरी फोहोर सगै बस्न बाध्यपारेको आयोजना प्रमुख विश्वकर्माको भनाई छ ।

बजार बाट निस्किएको फोहोर लाई समयमै व्यवस्थापन गर्न नसक्नेहो भने भविस्यमा यसले ठुलो समस्या निम्तयाउन सक्छ त्यसैले समयमा नै यस विषयमा गाउँपालिकाले सोच्नुपर्ने बेला आएको कमल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष अमल श्रेष्ठले बताछन्

फोहोर व्यवस्थापनका लागी गाउँपालिकाले ट्याक्टर समेत खरिद गरेको छ । कमल गाउँपालिका वडा नम्वर ५ स्थित रतुवा र चाँजुको विचमा खाडल खनेर फोहोरलाई व्यास्थापन गर्ने गरेको छौ ।
वर्षादका कारण त्यो ठाउमा ट्याक्टर जान नसकेर ड्राईभरले केर्खा बजार उत्तर आयोजना क्षेत्रमा फोहोर फाल्ले गरेको रहेछ । मैले यस विषयमा ड्राईभरलाई भनि सकेको छ । अब त्यो ठाउँमा फोहोर फाल्न तुरुन्त बन्द गर्ने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन ।

बजार बाट निस्कने फोहोर लाई उपयुक्त ठाउँ खोजेर व्यवस्थापन गर्न आवश्यक छ । सड्ने र नसड्ने फोहोर लाई अलगअलग छुट्याएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । कतिपय ठाउमा फोहोर बाट मोहोर समेत बनाउन थालिसकेका छन् ।
यस्तो अवस्थामा सम्बन्धित निकायले यस प्रति ध्यान दिन आवश्यक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *