Sajhamanch Archive

साफ यू-१५ च्याम्पियनशिप : नेपालले भुटानलाई ५-० ले हरायाे, उपाधिका लागि भारतसँग खेल्ने

Published: in खेलकुद, मुख्य समाचार by .

नेपालले भारतमा जारी साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले भूटानविरुद्ध ५–० गोल अन्तरको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो ।

भारतको कल्याणी रंगशालामा भएको उक्त खेलको पहिलो हाफमा नेपालले भूटानविरुद्ध २–० गोलको अग्रता बनाएको थियो । यस्तै दोस्रो हाफमा ३ गोल थप्दै नेपालले भूटानविरुद्ध शानदार जित निकालेको हो । नेपालको जितमा कप्तान प्रदीप लम्सालले दुई गोल गरे भने अशिम राई, क्रिस सापकोटा र निराजन खत्रीले समान एक-एक गोल गरे ।

मंगलबार खेलमा नेपालले साविक विजेता बंगलादेशमाथि ४–१ गोलको प्रभावशाली जित निकालेको थियो । यस्तै आजै अर्को खेलमा भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । यदि, बङ्गलादेशले भारतलाई फराकिलो अन्तरले पराजित गरेमा गोलअन्तरमा नेपाल पछाडि पर्ने सम्भावना रहन्छ ।

तर, भूटानलाई पराजित गरेको नेपालको फाइनल पुग्ने सम्भावना लगभग पक्का छ । नेपाल र बंगलादेशको समान ६–६ अंक छ तर नेपाल हेड टु हेडको आधारमा बंगलादेशभन्दा अगाडि छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *