भिमलेका विद्यार्थीलाई सिम्रिकको झोला
Published: (Updated: )
by .अर्जुनधारा । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले वडा नं १ मा भिमलेमा अवस्थित भिमले आधाभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
सो विद्यालयमा अध्ययन गर्ने ६५ जना विद्यार्थीहरुलाई सिम्रिक साकोसले बिहीबार एक कार्यक्रमको आयोजना गरी स्कूल ब्याग प्रदान गरेको हो । विद्यार्थीका लागि ब्याग प्रदान गर्नुकासाथै सिम्रिकले कक्षा कोठामा जडान गर्न ५ थान सिलिङ पंखा पनि प्रदान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रितम राईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नं १ का वडाध्यक्ष गजाधर खतिवडा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रम बोल्दै वडाध्यक्ष खतिवडाले आफ्नो वडाले गर्न नसकेको काम सिम्रिक सहकारीले गरिदिएकोमा आफू जनप्रतिनिधिहरुलाई पनि शैक्षिक क्षेत्रमा सुधार गर्नु पर्ने रहेछ भनेर थप हौसला मिलेको बताए ।
उक्त कार्यक्रम संस्थाको परिचयसहित मन्तव्य राख्दै सिम्रिक सहकारी संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले यसअघि पनि आफ्नो संस्थाले विभिन्न स्थानमा गएर बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग गरेकोले आफ्नो संस्थाले यस विद्यालयमा सकेसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा अर्जनधारा नगरपालिका वडा नं २ का वडाध्यक्ष रघुनाथ खनाल, सिम्रिक सहकारीका सचिव सुवास भट्टराई, विद्यालयका प्रधानाध्यापक डम्बरबहादुर प्याकुरेल लगायतले आ–आफ्ना धारण राखेका थिए ।
विद्यालयका शिक्षक शिशिर थापाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक भेषराज अधिकारीले गरेका थिए ।
Comments