Sajhamanch Archive

सुशासन पुरस्कारबाट खतिवडा र पोखरेल सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

झापा । नेपाल निजामती कर्मचारी संगठनका तात्कालीन केन्द्रीय प्रतिनिधि तथा राष्ट्र सेवक सहकारी संस्था लिमिटेड झापाका पूर्व अध्यक्ष प्रमोद तामाङको स्मृतिमा स्थापित पुरस्कारहरु आज वितरण गरिँदैछ ।

स्वर्गीय प्रमोद तामाङको ९औं स्मृति दिवस आज भदौ १५ गते नेपाल निजामती कर्मचारी संगठन झापाले आफ्नै कार्यालय परिसरमा विशेष समारोहको आयोजना गरी पुरस्कार प्रदान गर्न लागेको हो ।

संगठनले बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालाई स्व. प्रमोद तामाङ्ग उत्कृष्ट राष्ट्र सेवक पुरस्कारबाट पुरस्कृत गर्नेछ ।

यसरी नै स्व. प्रमोद तामाङ्ग स्मृति सुशासन पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल सम्मानित हुनेछन् ।

स्व. प्रमोद तामाङ्गको स्मृतिमा स्थापित पुरस्कार र सम्मान प्रदान गर्न नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेल झापा आएका पत्रकार माधव बिद्रोहीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *