Sajhamanch Archive

ओली र नेपालबीच मनमुटाव, कुराकानी नै ठप्प

Published: in मिडियाबाट साभार, राजनीति by .

काठमाडौं । धानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सम्बन्ध अझै सुध्रिएको छैन ।

ओली सिंगापुरमा उपचार गराई फर्किएको चार दिन पुगे पनि नेपालसँग कुराकानी भएको छैन । उनीहरुबीच ५ भदौमा बसेको सचिवालय बैठकमा चर्काचर्की परेको थियो ।

नेपालले स्वास्थ्यलाभको कामना गर्दा प्रधानमन्त्रीले ‘आवश्यक छैन’ भनेपछि बाझाबाझ परेको थियो ।

बैठकै असामान्य हुने अवस्थामा अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य वामदेव गौतमलगायत नेताले हस्तक्षेप गरेका थिए । अन्नपूर्ण पोस्ट् दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *