Sajhamanch Archive

चारआलीमा राप्रपा संयुक्तको कार्यकर्ता भेला

Published: in राजनीति, राष्ट्रिय समाचार by .

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले वर्तमान सरकारका काम कारबाहीको आलोचना गरेका छन् ।

मंगलबार पार्टीको मेचीनगर समितिले चारआलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता लावतीले सरकारको आलोचना गरेका हुन् ।

‘नेकपाको दुई तिहाइको सरकारमा बढी दम्भ भयो, जनताको अपेक्षाअनुसार काम गर्न सकेन’ लावतीले भने, ‘ओली सरकारको गलत नीतिका कारण अर्थतन्त्र धराशायी हुने दिशामा देश अघि बढेको छ ।’

पार्टीका जिल्ला प्रवक्ता लक्ष्मीप्रसाद ढकालले अब केन्द्रीय नेतृत्वले कहीँ कतै बाटो नबिराई पार्टीलाई चलायमान बनाउनुपर्ने आवश्यकता औंल्याए । पार्टीका जिल्ला सचिव निरबहादुर कार्की नेत्रले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर अध्यक्ष नरेश महराले केन्द्रीय नेतृत्वले जिल्ला, क्षेत्रलगायत सबै तहमा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिनुपर्ने खाँचो औंल्याए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *