Sajhamanch Archive

‘हामीले विद्यार्थीलाई एक्स्पर्ट सेवा प्रदान गरिरहेका छौं’ : कृष्ण खतिवडा

Published: in अन्तर्वार्ता, परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, समाज by .

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेस अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई उपयोगी हुनेगरी शैक्षिक परामर्श दिने अग्रणी संस्था हो । यस्तै परामर्श दिनका लागि एक्सपर्टले यही भाद्र ३० गते बिर्तामोडमा शैक्षिक परामर्शमूलक सेमिनार आयोजना गरेको छ । शैक्षिक सेमिनार र त्यसले नेपाली विद्यार्थीलाई उच्च शिक्षाको लागि कस्तो सहयोग पुर्याउँछ ? यस्तै महत्वपूर्ण विषयमा केन्द्रित रहेर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेसका बिर्तामोड शाखा प्रबन्धक कृष्ण खतिवडासँग साझामञ्चले कुराकानी गरेको छ ।

एक्सपर्टले समय समयमा यस्ता सेमिनारहरु गरिरहेको पाइन्छ । यसको मुख्य उद्देश्य के हो ?

हामीले हरेक वर्ष २–३ पटक यस्ता खालका एजुकेशनल सेमिनार आयोजना गर्दै आएका छौं । जो विद्यार्थीहरु अष्ट्रेलिया गएर उच्च शिक्षा अध्ययन गर्न चाहनुहुन्छ, उहाँहरुले सकभर आफ्ना अभिभावकलाई समेत सेमिनारमा लिएर आउन पाउनुहोस् र सबै कुरा बुझ्न सक्नुहोस् भन्ने आशय राखिएको हुन्छ । उहाँहरुलाई अष्ट्रेलियाका विभिन्न युनिभर्सिटी र कलेजका प्रतिनिधिहरुसँग भेटेर प्रत्यक्ष कुराकानी गर्ने अवसर प्रदान गर्न यस्तो सेमिनार गर्ने गरिन्छ । जहाँ आफूले पढ्न चाहेको युनिभर्सिटी, कलेज, विषय, शुल्क, अध्ययन सकेपछिको करियर इत्यादीको बारे जानकारी लिन सहज होस् । यस संस्थाका प्रमुख बद्री अर्याललगायत उहाँको माइग्रेसन समूहले विद्यार्थी र तिनका अभिभावकलाई भेटेर अष्ट्रेलियाको विद्यार्थी जीवन, त्यहाँका अवसर र चुनौती, अध्ययन सकेपछिको करियर आदि विषयमा आफ्नो दशकौं लामो अनुभव सेयर गर्नु हुनेछ ।

अब हुन लागेको सेमिनार अघिल्लाहरु भन्दा कुनै हिसाबले भिन्न पनि छ कि ?

अष्ट्रेलिया एउटा गतिशील मुलुक हो । त्यहाँको शैक्षिक नीतिमा समय समयमा परिवर्तन भइरहन्छ । एक्सपर्टको अष्ट्रेलियाका ८ स्थानमा कार्यालयहरु छन् । जहाँ २०० जना कर्मचारी र करिब ५० हजार विद्यार्थीसहितको ठूलो समूह छ । यसपटकको सेमिनारमा पनि अष्ट्रेलियाबाट आउने करिब एक दर्जन एक्सपर्टको समूहले त्यहाँको नीतिमा भएका कतिपय परिवतनहरूबारे विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउनु हुनेछ । त्यो बाहेक हामीले प्रायः सेमिनारहरुमा फरक–फरक युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुलाई निम्त्याउने गर्दछौं । उहाँहरुले नेपाली विद्यार्थीहरुको शैक्षिक योग्यता, आर्थिक क्षमता, व्यक्तिगत रुचि लगायतलाई ध्यानमा राखेर अध्ययनका उपयुक्त विकल्पहरु जानकारी गराउनु हुनेछ । साथै, नेपाली विद्यार्थीहरुका लागि घोषणा गरिएका स्कलरसीपका बारेमा पनि यस सेमिनारमा सहभागीहरुले जानकारी लिन पाउनु हुनेछ । हामीले यसपटकको सेमिनारमा ल्याएका शैक्षिक संस्थाहरु छान्दा अधिकांश नेपाली विद्यार्थीहरुलाई उपयुक्त हुने खालका चयन गरेका छौं ।

सिड्नी, मेलबर्न लगायतका प्रमुख शहरहरुमा अध्ययनका लागि पछिल्लो समय विद्यार्थीहरुले भिजा नपाइरहेको भन्ने चर्चा सत्य हो ?

यो कुरामा सत्यता छैन । अष्ट्रेलियाले रिजनल एरियाहरुमा आकर्षित गर्न विभिन्न नीतिहरु ल्याएको छ तर यसको अर्थ सिड्नी, मेलबर्न लगायतका प्रमुख शहरहरुमा अध्ययनका लागि विद्यार्थीहरुलाई रोकेको भने छैन । राम्रो शैक्षिक नतिजा र आइएलटिएस लगायतका टेस्टहरुमा राम्रो अंक ल्याएका विद्यार्थीहरुलाई ती शहरहरुमा जान कुनै समस्या छैन ।

अष्ट्रेलिया अध्ययन गर्न गएका विद्यार्थीहरुलाई त्यहाँका अवसर र चुनौतीहरु कस्ता छन् ?

अष्ट्रेलिया गुणस्तरीय शिक्षाको लागि विश्वभर प्रख्यात मुलुक हो । विश्वका उत्कृष्ट १०० को सूचीमा परेका विश्वविद्यालयहरु केही अष्ट्रेलियामा रहेका छन् । वास्तव मै गुणस्तरीय शिक्षा प्राप्तिको उद्देश्य लिने विद्यार्थीहरुले अध्ययन पछि त्यहाँ निकै राम्रा अवसरहरु पनि प्राप्त गरेका उदाहरण छन् । कतिपय मेहनती नेपाली विद्यार्थीहरु अध्ययन सकेर त्यहाँका बहुराष्ट्रिय कम्पनीहरुमा उच्च पदमा काम गरिरहेका छन् । कतिपयले आफ्नै ब्यापार व्यवसाय सफलरुपमा सञ्चालन गरिरहेका छन् । कतिपयले अध्ययन पूरा गरी स्वदेश फर्केर विभिन्न क्षेत्रमा सफल व्यक्तिका रुपमा आफूलाई स्थापित गरिरहेका छन् ।

चुनैतीका कुरा गर्दा के देखिन्छ भने कतिपय विद्यार्थीहरु पर्याप्त सूचना बिना अष्ट्रेलिया पुगेका छन् । जसका कारण उनीहरुलाई अध्ययन सक्न गाह्रो परिरहेको छ । कतिपय विद्यार्थीहरुले कलेज तथा विषयहरु परिवर्तन गरेर धेरै वर्ष समय र धेरै ठूलो रकम त्यतिकै खेरफाल्ने प्रवृत्ति पनि देखिन्छ । साथै नेपालबाट जाँदा कामको कुनै ठोस सीप बिना जाने विद्यार्थीहरुले पनि त्यहाँको सरकारले काम गर्न दिएको निश्चित सुविधाको पनि राम्रो उपयोग गर्न नसकेको स्थिति छ ।

अध्ययनका लागि अष्ट्रेलियामा जान चाहने विद्यार्थीलाई त्यस्ता समस्याबाट जोगिन के सुझाव दिनुहुन्छ ?

हाम्रो मुख्य सुझाव के हुन्छ भने आफ्नो रुचिको विषय, आफूले अध्ययन गर्न लागेको शैक्षिक संस्था, जान मन लागेको स्थानबारे पर्याप्त जानकारी लिनुहोस् । आफ्नो आर्थिक क्षमताले भ्याउने खालको छ÷छैन भन्ने बारे परिवारमा प्रशस्त छलफल गर्नुस् । अभिभावकहरुले पनि आफ्नो छोरा÷छोरी अष्ट्रेलिया जान लागेको अध्ययनको लागि हो, तत्काल कमाई गर्न होइन भन्ने बुझ्नु पर्दछ । राम्ररी अध्ययन गरिसकेपछि आफ्नो सम्बन्धित क्षेत्रमा गतिलो रोजगारी वा आफ्नै व्यवसाय गरेर आय आर्जनको राम्रो बाटो बन्नेछ भन्ने कुरामा परिवारले विशेष ध्यान दिनुपर्छ ।

अष्ट्रेलिया अध्ययन गर्न एक्सपर्ट मार्फत् नै किन जाने ?

हामी डेढ दशकभन्दा बढी समयदेखि अष्ट्रेलिया केन्द्रित शैक्षिक परामर्शको सेवा प्रदान गरिरहेका छौँ । यस अवधिमा हामीले विश्वका विभिन्न देशहरुबाट करिब ५० हजार विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका लागि जाने सेवा प्रदान गरिसकेका छौं । हामीले अष्ट्रेलियाका अधिकांश विश्वविद्यालय तथा कलेजहरुबाट गुणस्तरीय सेवाका लागि अवार्डहरु प्राप्त गरेका छौं ।

अष्ट्रेलियाका प्रमुख ८ वटा शहरमा हाम्रा आफ्नै कार्यालयहरु छन् । जहाँ ठूलो सख्यामा दक्ष शैक्षिक परामर्शदाता, माइग्रेसन एजेन्ट तथा सोलोसिटरहरु हाम्रो टिममा हुनुहुन्छ । नेपालको पूर्व बिर्तामोडदेखि पश्चिमको धनगढीसम्म छरिएर रहेका हाम्रा कार्यालयहरुमा उत्तिकै दक्ष जनशक्तिहरुले विद्यार्थीहरुलाई हाम्रो नामजस्तै एक्सपर्ट सेवा प्रदान गरिरहनु भएको छ । हामीले विद्यार्थीहरुलाई अष्ट्रेलिया अध्ययनका लागि पठाउने मात्र होइन, उहाँहरुको अध्ययन पश्चातको करियरको योजना बनाउन पनि केन्द्रित रहन्छौं ।

एक्सपर्टले अष्ट्रेलियामा अध्ययनको लागिमात्र परामर्श दिन्छ कि अन्य मुलुकका लागि पनि परामर्श दिन्छ ?

हामी पछिल्लो डेढ दशकभन्दा बढी समय अष्ट्रेलियामा मात्रै केन्द्रित रह्यौं । हालैमात्र हामीले क्यानडा जान चाहने विद्यार्थीहरुका लागि पनि परामर्श सेवा सुरु गरेका छौं । यसपटक हाम्रो सेमिनारमा विद्यार्थीहरुले क्यानडामा अध्ययनबारे पनि उचित परामर्श लिन पाउनु हुनेछ ।

एक्सपर्ट शैक्षिक परामर्शमा मात्र केन्द्रित छ कि सामाजिक कार्यहरुमा पनि संलग्न छ ?

हामीले एक्स्पर्ट फाउण्डेसन नामक संस्थामार्फत् भुकम्प प्रभावित तथा बाढी पिडित क्षेत्रका बासिन्दाका लागि विद्यालय भवन निर्माणदेखि दैवी विपत्तिमा राहत प्रदान गर्नेसम्मका काम गरिसकेका छौं । त्यस्तै बिराटनगरस्थित पाथीभरा बृद्धाश्रमलाई पनि उल्लेख्य आर्थिक सहयोग प्रदान गरेका छौं । यस बाहेक नेपाली खेलकुद खासगरी क्रिकेट खेलको विकास तथा प्रवर्धनमा हामीले पछिल्लो पाँच वर्षयता गरेको कार्यको लागि विभिन्न क्षेत्रबाट उल्लेख्य मात्रामा प्रशंशा प्राप्त गरेका छौं । विद्यार्थी भाइ बहिनीहरुको व्यक्तित्व एवम् नेतृत्व विकास हुने खालका विभिन्न प्रकारका कार्यक्रमहरु देशब्यापी सञ्चालन गर्नेगरेका छौँ । त्यस अन्तर्गतको हाम्रो कार्यक्रम एक्स्पर्ट क्विज पनि हो । नेपाली समाज लाभान्वित हुने यस्ता खालका कार्यहरु आउने दिनमा अझ बढाउँदै लैजान हामी प्रतिवद्ध छौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *