Sajhamanch Archive

भद्रपुरमा लेखापढी साकोस र प्रकाश कृषि सहकारीको साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, सहकारी by .

भद्रपुर । लेखापढी बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ८ को नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष महेश भट्टराइको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष भट्टराइले वार्षिक नीति तथा कार्यक्रमसहित वर्षभरका गतिविधि समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव दलबहादुर थापाले ६३ लाख ५७ हजार ८०० शेयर पूँजीसहितको विवरण समेटेर वार्षिक प्रतिवेदन प्रस्तुत गरे । यसैगरी कोषाध्यक्ष मुरारी न्यौपानेले ६ लाख ४३ हजार ५८५ रूपैयाँ नाफासहित वार्षिक आय–व्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता सम्मानबाट कृष्ण घिमिरे र गोपाल निरौलालाई सम्मान गरिएको छ भने उत्कृष्ट ऋण कारोबार सम्मानबाट पुरूषोत्तम अधिकारी र किरणकुमार शर्मालाइ्र्र सम्मान गरियो ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सचिव युवराज कार्की, केन्द्रीय सदस्य रमेश पोखरेल, सम्मानित व्यक्तित्व पुरूषोत्तम अधिकारी, भद्रपुर इकाई अध्यक्ष महेशकुमार न्यौपाने, ज्ञानोदय शिक्षक बचतका अध्यक्ष गोकुलराज न्यौपाने, एकता मूल कृषि सहकारीका उपाध्यक्ष मञ्जु पोखरेल लगायतले साधारणसभामा आफ्ना मन्तव्य राखेका थिए ।

यसैगरी प्रकाश कृषि सहकारी संस्था लिमिटेड भद्रपुर ९ को १२औं वार्षिक साधारणसभा शनिबार नै सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चूडामणि मैनालीको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

सचिव डिल्लीराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष मैनालीले वार्षिक नीति तथा कार्यक्रमसहित वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका कोषाध्यक्ष गोपीकृष्ण न्यौपानेले २ करोड ८० लाख ६४ हजार ९३१ रूपैया वार्षिक कारोबारसहितको बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारी संघ झापाका सचिव युवराज ढकाल, झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विवेक पोखरेल, साना किसान सहकारी संस्था भद्रपुरका अध्यक्ष देवीमाया अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *