Sajhamanch Archive

छतबाट खसेर २२ जना घाइते

Published: in विविधा, विश्व समाचार by .

न्युयोर्क । अमेरिकामा छतबाट खसेर २२ जना घाइते भएका छन् । एक बहुतले भवनको छतबाट खसेर शनिबार बेलुका कम्तीमा २२ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार बेलुका ६ बजे उद्धारकर्ताहरुको सम्मेलन चलिरहेका बेला घटना भएको जनाइएको छ । सम्मेलनमा हजारौँ उद्धारकर्ताहरु सहभागी भएका थिए । उनीहरुमध्ये कोही अहिले पनि उद्धारकर्ताका रुपमा क्रियाशिल छन् भने कोही विगतमा क्रियाशिल थिए ।काप मे क्षेत्रीय अस्पतालका अधिकारीहरुले २१ जना घाइतेको आफ्नो अस्पतालमा उपचार भइरहेको र तीमध्ये कम्तीमा ३ जना बालबालिका रहेको पुष्टी गरेका छन् ।

अर्का एक जनाको भने स्थानीय अर्को अस्पतालमा उपचार भइरहेको छ । क्षेत्रीय अस्पतालका प्रवक्ता सुसन स्टेगरले सबै बालबालिका सहित ११ जनालाई उपचारपछि अस्पतालबाट बिदा गरिसकिएको जानकारी दिए

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *