मेची सहकारीमा पूर्वसदस्य शिक्षा तालिम गरिँदै
Published:
by .दमक । आर्थिक वर्ष २०७६/०७७ लाई सदस्य विस्तार वर्ष घोषणा गरेको दमकस्थित मेची सहकारी संस्थाले निरन्तर तीन दिनदेखि पूर्वसदस्य शिक्षा तालिम प्रदान गरिरहेको छ । सो सहकारीको शेयर सदस्य बन्न इच्छुक करिब १६ सयले आवेदन दर्ता गराएकोमा १५ सय हाराहारीले कार्यक्रमा सहभागिता जनाएका छन् । चालू आर्थिक वर्षमा पाँच हजार सदस्य पुर्याउने लक्ष लिएको सो सहकारीले दुई दिनको अवधिमा नै एक हजार ६०० फारम वितरण गरेको थियो ।
भदौ २७ गतेदेखि ३१ गतेसम्म निर्धारित पूर्वसदस्य शिक्षा तालिम कार्यक्रममा संस्था स्थापनादेखि हालसम्मको अवस्था, आगामी लक्ष र कार्यक्रम, संस्थाको हालको गतिविधि र वित्तीय अवस्था सम्बन्धी जानकारी गराइएको हो । तालिममा सहकारिता, मेची सहकारी एवम् यसका भावी योजनाहरुबारे संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सहजीकरण गरेका थिए ।
यस्तै संस्थाका शेयर सदस्यहरुको भूमिका एवम् अधिकारहरुसहित मेची सहकारीले सदस्यलाई प्रदान गर्ने सेवा सुविधाका बारेमा शिक्षा तथा सदस्य छनौट उपसमितिका संयोजक राजेन्द्रप्रसाद दाहालले प्रष्ट्याएका थिए । सो कार्यक्रममा संस्थाको वित्तीय अवस्थाका बारेमा व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिएका थिए । दुई चरणमा सदस्य बनाउने कार्यक्रम तय गरिए पनि दुई दिनमा नै लक्ष अनुरुप फारम वितरण भएको तथा पूर्व सदस्य शिक्षा कार्यक्रममा समेत उत्साहजन सहभागिता भएको संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले बताएका छन् ।
संस्थाको शिक्षा तथा सदस्य छनौट उपसमितिको संयोजनमा आयोजित कार्यक्रमा संस्थाको संचालक समितिका सचिब लक्ष्मीप्रसाद दाहाल, उपसमिति सदस्य रुद्र तामाङ्ग, सूचना विभाग प्रमुख चन्द्र थापालगायतले पनि सहजीकरण गरेका थिए । मेची सहकारीले चालू आर्थिक वर्षमा १५०० थप गरी पाँच हजार जना सेयर सदस्य पुर्याउने, शेयर पूँजी २१ करोड र वासलात दुई अर्बको पुर्याउने लक्ष राखेको व्यबस्थापक बगालेले बताएका छन् ।
Comments