Sajhamanch Archive

कर्णाली साकोसको सामाजिक कार्य

Published: in राष्ट्रिय समाचार, समाज, सहकारी by .

मेचीनगर । बिर्तामोडमा मुख्य कार्यालय रही झापा जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली साकोसले आइतबार ज्यामिरगढी मावि मेचीनगर १५ का विद्यार्थीलाई शैक्षिक, सरसफाई तथा खेल सामग्री प्रदान गरेको छ।

३०औं बालदिवसको अवसरमा कर्णाली साकोसले सामाजिक उत्तरदायित्व अन्तरगत कापी, पेन्सिल, दुईवटा फुटबल, तीनवटा डस्वीन र गमलासहित दुईवटा धुपीका बिरुवा हस्तान्तरण गरेको हो।

संस्थाको धुलाबारी सेवा केन्द्रको संयोजनमा ज्यामिरगढी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमलाल गौतमको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । मेचीनगर नगरपालिकाका कार्यपालिका सदस्य कुस्मी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, विद्यालयका प्रधानाध्यापक सन्तप्रसाद चम्लागाई, सहायक प्रधानाध्यापक मुरलीधर कोइराला, शिक्षक बिनोद खनाललगायतले आफ्ना धारणा राखेका थिए ।

कर्णाली साकोसका अध्यक्ष प्रधान, उपाध्यक्ष इश्वरी खरेल, सचिव भुपाल बस्नेत, ॠण विभागका डिल्ली बस्नेतलगायतले विद्यालयका प्रधानाध्यापकसहितलाई खेलकुद तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक चम्लागाईंले कर्णालीले बाल दिवसका दिन विद्यालयमा आएर स्टेशनरी तथा खेल सामग्री हस्तान्तरण गरेकोमा आभार व्यक्त गर्दै वित्तीय अंक सानो भएपनि यस्तो सहयोगले विद्यालय र विद्यार्थीलाई ठूलो मद्दत पुगेको प्रतिक्रिया जनाए ।

बालदिवसमा विद्यालयले अन्तर सदन स्तरीय नृत्य प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको प्रअ चम्लागाईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *