जोनलाई ‘एक भिलेन २’को अफर
Published:
by .बलिउडमा अहिले नायक जोन अब्राहिमका चलचित्रले पनि राम्रो व्यापार गरिरहेका छन् । राष्ट्रियताको कथामा बन्ने चलचित्रमा काम गरिरहेका जोनलाई एक लभ स्टोरी चलचित्रको अफर पुगेको छ । व्यापारिक रुपमा सफल मानिएको चलचित्र ‘एक भिलेन’का निर्देशक मोहित सुरीले उनलाई यसको सिक्वेलका लागि अफर गरेका थिए ।
मोहित सुरीले उनलाई चलचित्र ‘एक भिलेन २’का लागि अफर गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । जोनले चलचित्रको वन लाइन कथा सुनेका छन् । उनले यसलाई मन पराएका पनि छन् । भारतीय मिडियाका अनुसार, उनले यो चलचित्र चाडै नै साइन गर्नेछन् ।
एक भिलेन’ सन् २०१४ मा रिलिज भएको थियो । जसमा, सिद्धार्थ मल्होत्रा, रितेश देशमुख र श्रद्धा कपुरको मुख्य भूमिका थियो । व्यापारिक रुपमा सफल मानिएको यो चलचित्रमा जोन कुन अवतारमा देखिनेछन् भन्ने खुलेको छैन ।
जोन अहिले देशभक्ति चलचित्रमा बढी केन्द्रित छन् । उनी, अभिनित नयाँ चलचित्र ‘बट्ला हाउस’ बक्स अफिसमा हिट भएको थियो ।
Comments