देवकोटा जयन्तीका लागि काँकरभिट्टा समिति गठन
Published: (Updated: )
by .मेचीनगर । विगत वर्ष झैं महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती झापाको मेचीनगरमा भव्यरुपमा मनाउने निर्णय भएको छ । हरेक वर्ष मेचीनगर ६ स्थित देवकोटा पार्कमा महाकवि देवकोटाको जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै आएको छ ।
यसैको निरन्तरतास्वरुप देवकोटा पार्क व्यवस्थापन समितिको आज सम्पन्न पूर्ण वैठकले यो वर्ष पनि साहित्यिक कार्यक्रमसहित विविध कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाउने निर्णय भएको हो ।
समितिका अध्यक्ष गणेशकुमार खरेलको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय समाजसेवी बालकृष्ण थापाको अध्यक्षतामा सात सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । समितिको सचिवमा निरबहादुर कार्की नेत्र तथा सदस्यहरुमा दिपेश दाहाल, राजकुमार पराजुली, सरोज श्रेष्ठ अर्जुन लम्सालरहेका छन् ।
बैठकले सो समितिका लागि सरोज श्रेष्ठ, विष्णुकुमार गौतम, अर्जुन लम्साल र अर्जुन राईलाई आमन्त्रित सदस्यमा राखेको छ । व्यवस्थापन र मूल आयोजक समितिको पहलमा संविधान दिवसको अवसरमा आज देवकोटा पार्क सरसफाई गर्नुका साथै पाक प्रवेशद्वारमा दुवैतर्फ नेपालको राष्ट्रिय झण्डा राख्नुका साथै, दीप प्रज्वलनको कार्यक्रमसमेत गरेको छ ।
Comments