Sajhamanch Archive

खाल्डोको पानीमा डुबेर झापामा दुई जना बालकको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

बिर्तामोड । झापाको कमल गाउँपालिका–४ भुत्लुङखोलाको निर्माणधीन कल्भर्टको लागी खनेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोजपुर गुँरासे घर भई हाल सोही स्थानमा हजुरबुबा ज्ञानेन्द्र कुमार तामाङको घरमा बस्दै आएका बर्ष १४ का सुन्दर तामाङ र सोही स्थान बस्ने देवेन्द्र बुढाथोकीको छोरा बर्ष ११ को क्रेडिड बुढाथोकी शुक्रबार दिउसो घरमा कसैलाई जानकारी नगराई पौडी खेल्न गएको र साझँ सम्म पनि घर नआएपछी खोजतलाश गर्ने क्रममा पानीमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबरे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरीको टोलीले आवश्यक अनुसन्धान तथा कानूनी प्रकृया पुरा गरेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *