Sajhamanch Archive

‘सङघर्षको इतिहास’ माथि झापामा परिचर्चा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by .

झापा । अनेरास्ववियू क्रान्तिकारीका तात्कालीन अध्यक्ष लेखनाथ न्यौपानेले लेखेको ‘सङघर्षको इतिहास’ नामक पुस्तकको आज बिर्तामोडमा परिचर्चा गरिएको छ ।

प्रगतिशील लेखक संघ झापाको आयोजनामा गरिएको कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, प्रतिनिधिसभाका सदस्य राम कार्की र विधार्थी नेतृ सुनिता बरालले संघर्षको इतिहासमाथि चर्चा गरेका हुन् ।

कार्यक्रममा कानून मन्त्री कार्कीले ‘संघर्षको इतिहास’ नेपाली कम्युनिष्ट आन्दोलनको दस्तावेज हुने बताए । उनले किताबमा समावेश भएका सामग्रीले कम्युनिष्ट आन्दोलनका लागि उर्जा दिने पनि बताए ।

कम्युनिष्ट पार्टीका सदस्यहरुमा अध्ययन गर्ने आदत घट्दै गएकाले यस प्रकारका किताब अनिवार्य अध्ययन गर्नुपर्ने उनको सुझाव छ । मन्त्री कार्कीले भने, ‘यो किताब वैचारिक उर्जाका लागि पठनीय छ ।’

यस्तै, प्रतिनिधिसभाका सदस्य कार्कीले संघर्षको इतिहास वास्तवमा इतिहास नभएको चर्चा गरेका छन् । उनले न्यौपानेले ल्याएको इतिहासमा माक्र्सको आन्दोलन र विचार समावेश गरिएकोले अध्ययनयोग्य रहेको टिप्पणी गरे । सांसद कार्कीले समाजवाद ल्याउन अध्ययन पनि आवश्यक रहेको बताएका छन् ।

अहिलेको कम्युनिष्ट आन्दोलनबाटै समाजवाद ल्याउन सजिलो नरहेको उनको तर्क छ । संघर्षको इतिहास कम्युनिष्ट कार्यकर्ताका लागि बाटो तय गर्ने पाठ्य सामग्री रहेको कार्कीको भनाई छ ।

त्यसैगरी विद्यार्र्थी नेतृ सुनिता बरालले लेखनाथ नेउपानेद्वारा लिखित पुस्तक पढेर राजनीति क्षेत्रमा संलग्न विद्यार्र्थीहरुलाई धेरै कुरा जान्न सहज हुने बताइन् ।

प्रगतिशील लेखक संघ झापाका अध्यक्ष राजेन्द्र संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य सरोज ओली, पुस्तकका लेखक न्यौपानेसहितले परिचर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन प्रगतिशील लेखक संघ झापाका सचिव लीलाप्रसाद अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *