४५ दिने एड्भान्स ब्युटीसियन तालिम सम्पन्न
Published:
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत महिला सशक्तिकरण समितिले सञ्चालन गरेको ४५ दिने एड्भान्स ब्युटीसियन तालिम आज सम्पन्न भएको छ ।
संस्थाले विगतमा सञ्चालन गरेको तीन महिने ब्युटीसियन तालिममा सहभागी भएर उत्कृष्ट भएका महिलालाई लागत सहभागितामा ४५ दिनको एड्भान्स ब्युटीसियन तालिम दिएको समितिका संयोजक हेमा सिटौलाले बताइन् ।
समितिका संयोजक सिटौलाको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष भगवती घिमिरेको विशेष उपस्थितमा सम्पन्न तालिम समापन कार्यक्रममा सबै प्रशिक्षार्थी सहभागीले ४५ दिनको तालिम उपलब्धिमूलक र प्रभावकारी रहेको प्रतिक्रया दिए ।
संस्थाका सामुदायिक विभागका सदस्य सचिव अरुणकुमार प्रधानले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा तालिमका सहजकर्ता अप्सरा भण्डारीले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाब दिइन् ।
सिटिईभिटीका प्रशिक्षक अप्सरा भण्डारीले सहजीकरण गरेको ४५ दिने एड्भान्स ब्युटीसियन तालिमको समापनसम्म १३ जना प्रशिक्षार्थीले निरन्तर सहभागिता जनाएकाले प्रमाणपत्र पनि प्रदान गरिएको छ ।
Comments