Sajhamanch Archive

नागरिक उड्डयन प्राधिकरणः सवा अर्ब बोनस बाँड्न चलखेल

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं एक दशकदेखि अर्थ मन्त्रालयको दबाबमा कर्मचारीलाई बोनस रकम बाँड्न नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले अहिले मन्त्री फेरिएसँगै फेरि सोही प्रयोजनका लागि चलखेल सुरु गरेको छ ।

योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भए लगत्तै कर्मचारीलाई एक अर्ब २६ करोड रुपैयाँ बोनस वितरण गर्न चलखेल सुरु भएको हो ।

आर्थिक वर्ष २०६८÷०६९ देखि नाफामा गएको प्राधिकरणले बोनस वितरणका लागि एक अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ ।

‘नयाँ मन्त्री आएपछि बोनस वितरणसम्बन्धी फाइल फेरि खोलिएको छ’ क्यानका एक उच्च अधिकारीले नागरिकसँग भने, ‘नयाँ मन्त्रीलाई मनाएर अर्थसँग सहमतिका लागि प्रयास गर्ने सहमति कर्मचारीबीच बनेको छ ।’ बोनस वितरण गर्ने निर्णय सञ्चालक समितिबाट पारित गराउनुपर्ने कानुनी व्यवस्था छ । नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *