Sajhamanch Archive

सी भ्रमणमा १० परियोजना पेस गरिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by .

काठमाडौं। सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका मन्त्रालयका छन् । ऊर्जा मन्त्रालयका दुई र शिक्षाको एक परियोजना छन् ।

भौतिक पूर्वाधारअन्तर्गत काठमाडौँ टोखादेखि नुवाकोटको छहरेसम्मको सुरुङमार्ग, केरुङ–काठमाडौं सडक स्तरोन्नति, तातोपानी नाका स्तरोन्नति, अरनिको राजमार्ग स्तरोउन्नती, उपत्यका रिङरोड स्तरोन्नति, केरुङ–काठमाडौं रेलमार्ग र किमाथान्का–धनकुटा–हिले सडक निर्माण परियोजना छन् । कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *