Sajhamanch Archive

नयाँ कोट लगाउने ? पुरानो लिएर गोर्खा टेलरिङ्ग जानुस् !

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । गोर्खा टेलरिङ सटिङ एण्ड सुटिङ बिर्तामोडले टेलरिङ व्यवसायमा सम्भवतः पहिलो अभ्यासस्वरुप कोट एक्सचेञ्ज अफर सुरु गरेको छ । आसन्न दशैं, तिहार र छैठ पर्वको अवसरमा गोर्खा टेलरिङले आगामी कात्तिक १२ गतेसम्मका लागि यो योजना अघि सारेको प्रोपाइटर बिरु दर्नालले बताएका हुन् ।

‘जहाँसुकै सिलाएको होस्, जुनसुकै कपडाको कोट, पुरानो होस् वा साइज नमिलेर राखिएको होस्, गोर्खाले उचित मूल्याङ्कन गरेर राख्नेछ र कोटको मूल्यमा समायोजन गरी ग्राहकलाई नयाँ कोट दिइनेछ’ प्रोपाइटर दर्नालले साझामञ्चसँग भनेका छन् । गोर्खा टेलरिङ सटिङ एण्ड सुटिङले आर्थिक वर्ष २०७६/७७ लाई राष्ट्रिय पोशाक वर्ष बनाउने स्वघोषण गरेकाले यसैको प्रवर्धनका लागि कोट एक्सचेञ्ज अफर अघि सारेको हो । सो कार्यक्रममा एक व्यक्तिले एउटामात्र कोट एक्सचेञ्ज गर्न पाउने प्रोप्राइटर दर्नाल सुनाउँछन् ।

‘हाम्रो घरको दराजमा कतिपय कोटहरु डिजाइन पुरानो भएर वा साइज नमिलेर वा अन्य कुनै कारणले वर्षौंदेखि थन्किएर रहेका हुनसक्छन्, तिनलाई व्यवस्थापन गर्न पनि कोट एक्सचेञ्ज अफर सार्थक बन्ने अपेक्षा छ’ प्रोपाइटर दर्नालको विश्वास छ । गोर्खा टेलरिङको बिर्तामोड र सुरुङ्गा दुवै ठाउँबाट यो सेवा उपलब्ध हुनेछ । दुवै सेन्टरमा ब्राण्डेड, मूल्यवान, राम्रा कपडाहरु राखिएको छ भने अत्याधुनिक डिजाइनमा कोट सिलाउने कालिगढहरु कार्यरत रहेको बताइएको छ ।

स्थापनाकालदेखि नै केही न केही अफर दिएर ग्राहकको मन जित्दै आएको गोर्खा टेलरिङले गतवर्ष कोटको खरिदमा दौरा सुरुवाल निःशुल्क दिएको थियो भने यो वर्ष कोट एक्सचेञ्ज अफर ल्याएको प्रोपाइटर दर्नालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *