कृषि विकास बैंक ह्याक प्रकरणमा थप दुई पक्राउ
Published:
by .कृषि विकास बैंक ह्याक प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यज्ञराज भट्ट र मालती देवी न्यौपाने भट्टराईलाई पक्राउ गरेको हो।
प्रहरीले यज्ञराजलाई ४५ लाख रकम सहित महेन्द्रनगरबाट पक्रेको हो भने मालतीलाई पर्वतको हुवासबाट २४ लाख रकम सहित पक्राउ गरेको हो।
यस प्रकरणमा यसअघि १३ जना पक्राउ परिसकेका छन्। गत असोज ५ गते बैंकको लाहान शाखाबाट विभिन्न एजेन्टका खातामा ह्याकरले रकम स्थानान्तरण गरेको थियो। प्रहरीले थप एजेन्टहरु खोजीरहेको छ।
प्रहरीको प्रारम्भिक अध्ययनअनुसार अफ्रिकन मुलका पिटर भनिने मुख्य योजनाकारले भारतमा बसेर ती एजेन्टमार्फत ५ अर्ब लुट्ने योजना बनाएका थिए।
नेपालमा विभिन्न एजेन्ट खडा गरी उनीहरुलाई पिटरले १० देखि ३५ प्रतिशतसम्म कमिसन दिने गरेको प्रहरीले जनाएको छ। बैंकको रकम एजेन्टका खातामा ट्रान्सफर गरिदिने र एजेन्टले हुन्डीमार्फत ह्याकरलाई पठाउन खोजेको प्रहरीको अध्ययनले देखाएको छ।
Comments