Sajhamanch Archive

पत्रकार सारा रिभेस्टलाई लाइभ रिपोर्टिङमै किस गरिदिएपछि…

Published: in टिप्स/जानकारी, विविधा, विश्व समाचार by .

मस्को । एक महिला टेलिभिजन पत्रकारलाई लाइभ रिपोर्टिङ गरिरहँदा एक पुरुषले गालामा चुम्बन गरिदिए । यही साता सारा रिभेस्ट नामकी टेलिभिजन पत्रकारले केन्टकी फेस्टिबला पुगेर लाइभ रिपोर्टिङ गरिहकी थिइन् ।

त्यति नै बेला कालो चस्मा लगाएका ४२ वर्षे एक पुरुष छेउमै आएर गालामा किस गरेर हिँडे । रिभेस्टले भने ‘यो ठीक भएन’ भन्दै अनौठो हाँसो हाँस्दै आफ्नो रिपोर्टिङलाई निरन्तर राखिन् ।

अन्ततः चुम्बन गर्ने ती व्यक्तिको पहिचान भएको छ । साथै अहिले साराले उनीविरुद्ध शोषणको मुद्दा दायर गरेकी छन् । एरिक गुडम्यान नाम गरेका ४२ वर्षे पुरुषविरुद्ध पत्रकार साराले मुद्दा दायर गरेकी हुन् ।

तर ती व्यक्तिले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका छन् । ‘तिम्रो काममा दख्खल पुर्याउनु मेरो गल्ती थियो, तिम्रो व्यक्तिगत अधिकार हनन गर्नु र तिम्रो भावनालाई कमजोर बनाउनु गल्ती थियो,’ एरिकले पत्र लेख्दै सारासमक्ष माफी मागेका छन् । तर त्यो रमाइलोका लागि गरिएको पनि उनको भनाइ छ । यदी यो घटनामा एरिक गलत ठहरिए ९० दिनसम्मको जेल वा २५० अमेरिकी डलर सजाय भोग्नुपर्ने छ ।

साराले पनि उनले फेरि यस्तो गल्ती दोहोर्याउनेमा आफूलाई विश्वास नभएको प्रतिक्रिया दिएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *