Sajhamanch Archive

संविधान संशोधन नभए सरकार छाड्छौं :अशोक राई

Published: in राजनीति, राष्ट्रिय समाचार by .

बुटवल । समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नभए आफ्नो पार्टीले संघीय सरकार छाड्ने बताएका छन् ।

आज बुटवलमा आयोजित एक कार्यक्रममा राईले संविधान संशोधनको मुद्दामा सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाए । प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पहिचान सहितको संघीयता लगायतका विषयहरु संविधान संशोधन गर्नुपर्ने उनको माग छ ।

समाजवादी पार्टीका नेता राईले जनताको चाहनाअनुसार सरकार सञ्चालन हुन नसकेको आरोप लगाए ।

भ्रष्टाचार, घुसखोरी बढेको र यो नरोकिए जनता निरास भएर सडकमा आउनसक्ने उनको विश्लेषण छ । आफ्नो पार्टी सरकारमा भएपनि गलत कामको विरोध गर्ने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *