Sajhamanch Archive

साना मझौलामा पुरस्कार वितरणसँगै सहकारी शिक्षा तालिम

Published: in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । साना मझौला व्यवसायी सहकारी संस्था बिर्तामोडले ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर आज १४ जना ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

संस्थाका ज्येष्ठ शेयर सदस्यहरु लालबहादुर बस्नेत, तारादेवी भुजेल, चित्ररेखा देवी भारती, नारायण प्रसाद शिवाकोटी, महावीरप्रसाद अग्रवाल, सावित्रा भुजेल, सिताराम संग्रौला, रितामाया विश्वकर्मा, विषणुकुमार गड्तौला, लीलादेवी शिवाकोटी, बमबहादुर मगर, भानुप्रसाद कंडेल, सतना नेपाल र जयलाल मण्डल सम्मानित भएका हुन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष देवी बस्नेतले कार्यक्रमको औचित्य माथि प्रकाश पारेकी थिइन् ।

ज्येष्ठ सदस्यहरुको सम्मानसँगै संस्थाका दुईजना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ । संस्थाले यो वर्ष उत्कृष्ट कर्मचारीका रुपमा गंगादेवी शिवाकोटी र शुष्मा सिंजाली मगरलाई सम्मानित गरेको छ ।

त्यसैगरी उत्कृष्ट बचतकर्ताका रुपमा पर्शुराम पौडेल, अर्जुन गौतम, योग्यबहादुर बस्नेत र शिखा दाहाल सम्मानित भएका छन् ।

संस्थाले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने दिप्ती खड्का, प्रितिका लुइँटेल र हरिहर दाहाललाई पुरस्कृत गरेको छ भने खुत्रुके बचतकर्ताका रुपमा आरती पौडेल र संयोग भुजेल सम्मानित भएका छन् ।

संस्थाबाट कर्जा लिएर उत्कृष्ट उद्यमी बनेकोमा लक्ष्मी मर्डी, प्रल्हाद श्रेष्ठ, मुना खबास र भैरवप्रसाद संग्रौलालाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट व्यवसायीका रुपमा अम्बर बराइली र रुसा राई सम्मानित भएका छन् ।

सोही कार्यक्रममा सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण गराइएको छ । तालिमको सहजीकरण झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले गरेका थिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका सुरुङ्गा सेवा केन्द्रका संयोजक देवीप्रसाद अधिकारी, संस्थापक अध्यक्ष खड्गप्रसाद ओडारीलगायतले आ– आफ्ना धारणा राखेका थिए

कार्यक्रम संयोजक ऋषि राईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सन्चालन संस्थाका उपाध्यक्ष रामचन्द्र न्यौपाने र सुरुङ्गा सेवा केन्द्रका सचिव प्रेमप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *